The Bible:
The Scriptures of the Old and New Testaments have been given by the verbal plenary inspiration of God and therefore are inerrant (Ps. 19:7-13; 119:89,105). They are designed to lead us to salvation through faith in Jesus Christ. They are fully inspired by God and therefore serve as the authoritative guide for Christian understanding, life, and ministry (2 Timothy. 3:15-17). The Scriptures are not to be added to, superseded, or
changed by tradition or any supposed later revelation (Isa. 8:20; Gal. 1:8-9). Every doctrinal formulation, whether of creed, confession, or theology, must be put to the test of the full counsel of God in the Holy Scriptures (Matt. 22:29-33; Eph. 2:20; Acts 28:23). Correct understanding of the Scriptures depends upon the illumination of the Holy Spirit; therefore, the most accurate factual knowledge attained through exegesis,exposition, and interpretation does not bring about conversion or spiritual
comprehension without the Holy Spirit creating an understanding through the Word and applying the message to the heart ( 1 Cor. 2:7-16).
बाइबल :
पुरानो र नयाँ नियममा समावेश सम्पूर्ण धर्मशास्त्र परमेश्वरको शाब्दिक र पूर्ण (verbal plenary) प्रेरणाद्वारा दिइएको हो, र त्यसकारण यो त्रुटि रहित (inerrant) छ (भजन 19:7–13; 119:89,105)। यी धर्मशास्त्रहरू येशू ख्रीष्टमाथि विश्वासद्वारा हामीलाई उद्धारतर्फ डोर्याउन दिइएका हुन्। सम्पूर्ण धर्मशास्त्र परमेश्वरबाट पूर्ण रूपमा प्रेरणा भएकाले, यसले ख्रीष्टियन समझ, जीवन र सेवकाइका लागि सर्वोच्च अधिकारयुक्त मार्गदर्शकको काम गर्छ (2 तिमोथी 3:15–17)।
धर्मशास्त्रमा परम्परा वा कुनै पनि भनिएको पछिल्लो प्रकाश थपिनु, त्यसलाई प्रतिस्थापन गर्नु, वा परिवर्तन गर्नु हुँदैन (यशैया 8:20; गलाती 1:8–9)। कुनै पनि शिक्षागत संरचना—चाहे विश्वासको सार , confession, वा ईश्वरशास्त्र नै किन नहोस्—सबैलाई पवित्र धर्मशास्त्रमा प्रकट भएको परमेश्वरको सम्पूर्ण मनासाय द्वारा परीक्षण गर्नुपर्छ (मत्ती 22:29–33; एफिसी 2:20; प्रेरित 28:23)।
धर्मशास्त्रको सही समझ पवित्र आत्माको प्रकाशित (illumination) मा निर्भर हुन्छ। त्यसैले, अक्षर अक्षर (exegesis), प्रवचन (exposition), र अर्थ खोलाई (interpretation) मार्फत प्राप्त गरिएको सबैभन्दा यथार्थ तथ्यात्मक ज्ञानले पनि, पवित्र आत्माले वचनद्वारा समझ सिर्जना गरी सन्देशलाई हृदयमा लागू नगरेसम्म, न त परिवर्तन (conversion) ल्याउँछ न त आत्मिक बोध नै प्रदान गर्छ (1 कोरिन्थी 2:7–16)।
God
God is triune. There is but one God, infinite, eternal, almighty, and perfect in holiness, truth, and love (Deut. 6:4; I Cor. 8:4,6; Isa. 44:6-8; 57:15; 1 John 4:8; Gen. 17:1; Ps.145:3). In the unity of the Godhead there are three persons: the Father, the Son, and the Holy Spirit, who are co-existent, co-equal, co-eternal (Matt. 3:16-17; 28:19; 1 Cor.12:4-6; 2 Cor. 13:14). The Father is not the Son, and the Son is not the Holy Spirit, yet each is true Deity. The believe in one God — the Father, Son, and Holy Spirit — is the foundation of Christian faith and life (John 14:23, 25; 15:26; 16:13-15). God is the
Creator of heaven and earth (Gen. 1:1; Heb. 11:3; Ps. 33:9). By His Word, all things were made. Through the same Word, He daily sustains all of His creation (John 1:3,10;Col.1:15-17; Heb. 1:2-3; Ps. 147:13; Rom. 8:28; John 3:16). He made man for fellowship with Himself and intended that all creation should live to the praise of His glory (Rom. 11:36; Eph. 1:12, 14, Rev. 4:11). As Creator, the Triune God fashioned the universe apart from any pre-existing materials and without any evolutionary process.
(We affirm the historicity of the first eleven chapters of Genesis.)
परमेश्वर
परमेश्वर त्रिएक हुनुहुन्छ। एक मात्र परमेश्वर हुनुहुन्छ—अनन्त, अनादि, सर्वशक्तिमान, र पवित्रता, सत्यता तथा प्रेममा पूर्ण (व्यवस्था 6:4; 1 कोरिन्थी 8:4,6; यशैया 44:6–8; 57:15; 1 यूहन्ना 4:8; उत्पत्ति 17:1; भजन 145:3)। परमेश्वरको एकताभित्र तीन व्यक्तित्वहरू हुनुहुन्छ: पिता, पुत्र (येशू ख्रीष्ट), र पवित्र आत्मा—उहाँहरू सह-अस्तित्वमा, समान रूपमा परमेश्वर, र अनन्तकालसम्म एउटै हुनुहुन्छ (मत्ती 3:16–17; 28:19; 1 कोरिन्थी 12:4–6; 2 कोरिन्थी 13:14)।
पिता पुत्र हुनुहुन्न, र पुत्र पवित्र आत्मा हुनुहुन्न; तथापि, प्रत्येक व्यक्ति साँचो परमेश्वर हुनुहुन्छ। एक परमेश्वर—पिता, पुत्र, र पवित्र आत्मा—माथिको विश्वास नै ख्रीष्टियन विश्वास र जीवनको आधार हो (यूहन्ना 14:23,25; 15:26; 16:13–15)।
परमेश्वर स्वर्ग र पृथ्वीका सृष्टिकर्ता हुनुहुन्छ (उत्पत्ति 1:1; हिब्रू 11:3; भजन 33:9)। उहाँको वचनद्वारा सबै कुरा सृष्टि गरियो, र उही वचनद्वारा उहाँ आज पनि आफ्नो सम्पूर्ण सृष्टिलाई निरन्तर धानिरहनुहुन्छ (यूहन्ना 1:3,10; कुलुस्सी 1:15–17; हिब्रू 1:2–3; भजन 147:13; रोमी 8:28; यूहन्ना 3:16)। परमेश्वरले मानिसलाई आफूसँगको संगतिका लागि सृष्टि गर्नुभयो, र सम्पूर्ण सृष्टिले उहाँको महिमाको प्रशंसाका लागि जीवन जिओस् भन्ने उहाँको अभिप्राय थियो (रोमी 11:36; एफिसी 1:12,14; प्रकाश 4:11)। सृष्टिकर्ताको रूपमा, त्रिएक परमेश्वरले कुनै पनि पहिलेबाट रहेको पदार्थबिनै र कुनै विकासवादी प्रक्रियाबिनै ब्रह्माण्डको रचना गर्नुभयो। (हामी उत्पत्तिको पुस्तकका पहिलो एघार अध्यायहरूको ऐतिहासिक सत्यतालाई स्वीकार गर्दछौं।)
Jesus Christ
Jesus Christ the Son is fully God and fully man. He is mankind’s only provision for
forgiveness and redemption (John 1:1, 20:28; Col. 1:19; 1Tim. 2:5-6; Heb. 2:14-18). He is the Word made flesh, meaning He was supernaturally conceived by the Holy Spirit, born of the Virgin Mary, and perfect in nature, being, and obedience (John 1:14; Matt.1:18, 22-23; Luke 1:35; John 8:29; Heb 5:8). He shed His blood on the cross as the vicarious atonement for the sins of all mankind. He rose from the dead in His own glorified body, ascended into heaven, and will return in glory (John 19:33-37; Rom.4:24-25; 1 Cor. 15:1-3; 2 Cor 5:21; 1Peter 2:24; 1 John 2:2; Acts 1:9-11; 1 Thess. 4:16-17). He is the Head of His body the Church; He is Victor over all the powers of darkness. He reigns at the right hand of God the Father (Col. 1:8, 2:15; Heb. 1:3-4)
येशू ख्रीष्ट
येशू ख्रीष्ट, पुत्र, पूर्ण रूपमा परमेश्वर र पूर्ण रूपमा मानिस हुनुहुन्छ। उहाँ नै मानवजातिको पाप क्षमा र उद्धारको एकमात्र प्रबन्ध हुनुहुन्छ (यूहन्ना 1:1; 20:28; कलसी 1:19; 1 तिमोथी 2:5–6; हिब्रू 2:14–18)। उहाँ देहधारी वचन हुनुहुन्छ, अर्थात् उहाँ पवित्र आत्माद्वारा अलौकिक रूपमा गर्भधारण हुनुभयो, कन्या मरियमबाट जन्मनुभयो, र स्वभाव, अस्तित्व तथा आज्ञाकारितामा पूर्ण हुनुहुन्थ्यो (यूहन्ना 1:14; मत्ती 1:18, 22–23; लूका 1:35; यूहन्ना 8:29; हिब्रू 5:8)। उहाँले सम्पूर्ण मानवजातिका पापहरूको लागि प्रतिनिधि प्रायश्चित्त (vicarious atonement) स्वरूप क्रूसमा आफ्नो रगत बगाउनुभयो। उहाँ आफ्नै महिमामय देहमा मृतकबाट जीवित हुनुभयो, स्वर्गमा आरोहण गर्नुभयो, र महिमासहित पुनः फर्केर आउनुहुनेछ (यूहन्ना 19:33–37; रोमी 4:24–25; 1 कोरिन्थी 15:1–3; 2 कोरिन्थी 5:21; 1 पत्रुस 2:24; 1 यूहन्ना 2:2; प्रेरित 1:9–11; 1 थेस्सलोनिकी 4:16–17)।उहाँ आफ्नो देह अर्थात् मण्डली को शिर हुनुहुन्छ; अन्धकारका सबै शक्तिहरूमाथि उहाँ विजयी हुनुहुन्छ। उहाँ परमेश्वर पिता को दाहिने हाततर्फ विराजमान गरिरहनुभएको छ (कुलुसी 1:18; 2:15; हिब्रू 1:3–4)।
The Holy Spirit:
The Holy Spirit convicts the world of sin, righteousness, and judgment; He unites man to Jesus Christ in faith; He brings about the New Birth; and He dwells within the regenerate, producing in them the fruit of the Holy Spirit, thus enabling them to grow in
the experience of sanctification (John 15:8-10; 1 Cor. 12:13; John 3:5; 1 Cor. 6:19; Rom. 8:9- 11; Gal 5:22-23; 2 Cor. 3:17-18). The Holy Spirit inspired prophets, judges, and kings in ancient times; He anointed Jesus Christ for His ministry, filled the Church with power on the day of Pentecost, and will transform the mortal bodies of believers into the likeness of Jesus Christ’s glorious body (Phil. 3:21).
पवित्र आत्मा
पवित्र आत्माले संसारलाई पाप, धार्मिकता र न्यायको विषयमा लाचार ठहराउनुहुन्छ; उहाँले विश्वासद्वारा मानिसलाई येशू ख्रीष्टसँग एकतामा बाँध्नुहुन्छ; उहाँले नयाँ जन्म दिनुहुन्छ; र पुनर्जन्म पाएका विश्वासीहरूभित्र वास गर्नुहुन्छ। पवित्र आत्माले उनीहरूमा आत्माका फलहरू उत्पन्न गर्नुहुन्छ, जसद्वारा उनीहरूलाई पवित्रकरणमा (sanctification) बढ्न सक्षम बनाउनुहुन्छ (यूहन्ना 15:8–10; 1 कोरिन्थी 12:13; यूहन्ना 3:5; 1 कोरिन्थी 6:19; रोमी 8:9–11; गलाती 5:22–23; 2 कोरिन्थी 3:17–18)। प्राचीन समयमा पवित्र आत्माले अगमवक्ताहरू, न्यायाधीशहरू र राजाहरूलाई प्रेरित गर्नुभयो; उहाँले येशू ख्रीष्टलाई उहाँको सेवकाइका लागि अभिषेक गर्नुभयो; पेन्टेकोष्टको दिन मण्डलीलाई सामर्थ्यले भरिदिनुभयो; र भविष्यमा विश्वासीहरूको नाशवान देहलाई येशू ख्रीष्टको महिमामय देहको समानतामा रूपान्तरण गर्नुहुनेछ (फिलिप्पी 3:21)।
Man:
Man was created male and female, in the image and likeness of God (Gen. 1:26-27). Because of man’s original sin, mankind has fallen from God and has become corrupt in his whole nature. By himself, man is totally incapable of returning to God (Rom. 5:12, 16-17; Jer. 17:9; Eph. 2:1-3; John 6:44). Fallen, sinful humanity, whatever its character or attainments, is eternally lost and without hope apart from salvation in Jesus Christ(John 3:3-7; Acts 4:12).
मानव (मानिस)
मानिसलाई परमेश्वरले आफ्नो स्वरूप र समानतामा पुरुष र स्त्री दुवैलाई सृष्टि गर्नुभयो (उत्पत्ति 1:26–27)। मानिसको मुख्य पापका कारण सम्पूर्ण मानवजाति परमेश्वरबाट पतित भएको छ र उसको सम्पूर्ण स्वभाव भ्रष्ट भएको छ। आफ्नै प्रयासले मानिस परमेश्वरतर्फ फर्किन पूर्ण रूपमा असमर्थ छ (रोमी 5:12, 16–17; यिर्मिया 17:9; एफिसी 2:1–3; यूहन्ना 6:44)। पतित र पापी मानवजाति, चाहे उसको चरित्र वा उपलब्धि जे भए पनि, येशू ख्रीष्टमा भएको उद्धार बाहेक सदा का लागि नाश भएको र आशाहीन अवस्थामा छ (यूहन्ना 3:3–7; प्रेरित 4:12)।
Salvation:
Salvation is the gift of God. Salvation is provided solely by His grace through faith in Jesus Christ (Eph. 2:8-9; Rom. 5:1; Acts 16:31) and His death, burial, and resurrection (Rom. 3:25; 1 Cor. 15:1-2, Heb. 9:12 and 10:19; Rev. 1:5). Recognising his need for a Savior and looking to Christ and His vicarious atonement for sin, man is born anew unto eternal life by the Holy Spirit (Acts 2:38; Titus 3:4-7; Acts 3:19-21). There is absolutely no other name except Jesus Christ by which man may be saved (Acts 4:12). Through His great redemptive act, there is forgiveness of sin, liberation from bondage to the world, and freedom in His Spirit (Eph. 1:17; Gal. 6:14-15).
मुक्ति
मुक्ति परमेश्वरको वरदान हो। मुक्ति केवल येशू ख्रीष्टमा विश्वासद्वारा परमेश्वरको अनुग्रहबाट मात्र प्रदान गरिएको हो (एफिसी 2:8–9; रोमी 5:1; प्रेरित 16:31) र उहाँको मृत्यु, गाडिनु, र पुनरुत्थानद्वारा सम्पन्न भएको हो (रोमी 3:25; 1 कोरिन्थी 15:1–2; हिब्रू 9:12; 10:19; प्रकाश 1:5)। आफ्नो मुक्तिदाताको आवश्यकता चिन्नु र पापका लागि ख्रीष्टको प्रतिस्थापात्मक प्रायश्चित्ततर्फ हेर्दा, मानिस पवित्र आत्माद्वारा अनन्त जीवनतर्फ नयाँ जन्म पाउँछ (प्रेरित 2:38; तितुस 3:4–7; प्रेरित 3:19–21)। येशू ख्रीष्ट बाहेक मानिस मुक्ति पाउने कुनै अर्को नाम छैन (प्रेरित 4:12)। उहाँको महान् छुटकारात्मक कार्यद्वारा पापको क्षमा, संसारको बन्धनबाट छुटकारा, र उहाँको आत्मामा स्वतन्त्रता प्राप्त हुन्छ (एफिसी 1:7; गलाती 6:14–15)।
